काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध नेपाली कांग्रेसले सदनमा उठाएको विषयमा जवाफ दिन तयार रहेको बताएका छन् ।
‘कांग्रेसले के विषय उठाएको हो रु कस्तो विषय हो रु कस्तो उजुरी हो रु यसको वास्तविकता के हो ? कहाँ छ, के छ भनेर म जवाफ दिन तयार छु,’ उनले भने, ‘सदनमा मौका पाएँ भने कांग्रेसलाई जवाफ दिन्छु । म उहाँहरुलाई राम्रोसँग यो कुरा बताउन तयार छु ।’शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग गृहमन्त्री लामिछानेले कांग्रेसले आफूविरुद्ध नाराबाजी गर्दै सदन अवरोध गरेको भन्दै कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले सदनमा त्यस्तो गरिरहन्छ भन्ने नलागेको बताए ।उनले अपराध अनुसन्धानमा कुनै पनि प्रभाव पर्न नदिने बताए । ‘म कति दिन गृहमन्त्री रहन्छु थाहा छैन, तर जति दिन रहन्छु, डटेर, कसैसँग नझुकिकन काम गरेर देखाउनेछु । कसैसँग सम्झौता हुँदैन,’ उनले भने, ‘अनुसन्धानमा कुनै प्रभाव पर्नरपार्न दिने छैन ।’
आवरण कांग्रेसले उठाएको विषयमा सदनबाटै जवाफ दिन्छु:गृहमन्त्री लामिछाने