रौतहट : रौतहटमा व्यापारीलाई धम्काएर लाखौ रकम माग गर्ने व्यक्ति पक्राउ परेका छन्। जिल्लाको फतुवा विजयपुर नगरपालिका-८ का ३४ वर्षीय भैयाराम साह रौतहट प्रहरिले पक्राउ गरेका हुन।पक्राउ परेका उनलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार साहले व्यापारीलाई १० देखि १८ गतेसम्म फोन गरेर पाँच लाखदेखि ५० लाखसम्म माग गरेका थिए।
रकम नदिए परिवारका सबै सदस्यलाई मारिदिने धम्की दिएका प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन्। उनका यसबारे थप अनुसन्धान भइरहेको छ।
आवरण धम्काएर रकम माग गर्ने व्यक्ति रौतहट प्रहरीको फन्दामा