रौतहट ११ माघ । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको २७ औ बार्षिक साधारणसभाबाट निर्वाचित संचालक समिती तथा लेखा सुपरिवेक्षण समितिले पदभार तथा सपथ ग्रहण गरेका छन । रौतहट क्षेत्र ४(१) का मधेस प्रदेश सदस्य युबराज भट्टराईको प्रमुख आतिथ्यता र संघका निबर्तमान अध्यक्ष देबकी नेपालको अध्यक्षतामा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । सो शपथ ग्रहण समारोहमा मधेश प्रदेश सदस्य युबराज भट्टराईले सहकारीले खेलेको भुमिका सराहनिय रहेको बताउनु भयो । उहाले नया समितिले सहकारीको क्षेत्रमा देखिएको बिकृती लाई हटाउदै अहम भुमिका खेल्ने बिश्वास लिनु भएको छ । निर्वाचन मण्डलका संयोजक बिपिन गौतम तथा सदस्य शेख नसरे आलमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । पदभार पछि संघका अध्यक्ष बिभु पोखरेलले संघको बिकास र संघले प्रभाबकारी भुमिका खेल्नको लागि सहकारी अभियन्ताहरुको सहयोगको अपेक्षा राखेको बताउनु भयो । उहाले संघ लाई प्रबिधि युक्त, अभिभावकत्व भूमिका, अर्ध नियमककारी भुमिका निभाउन चाहिने आवाश्यक सहयोगको भुमिका खेल्ने बताउनु भयो ।

अघिल्लो सामग्रीआजदेखि स्वस्थानी व्रतकथा
यसपछिको सामग्रीमधेसमा गठबन्धनका उम्मेदवार चौधरी र ढुंगाना विजयी