रौतहट २२ मंसीर। रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले असहाय संग मेयर कार्यक्रम अन्तर्गत एकजना नगरवासीको छोरीको बिहेमा ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी छन्।
मौलापुर-६ पथराका सत्यनारायण राय यादब को छोरी सोनम यादव शुभ विवाहमा शुक्रवार सहभागी भइ मेयर साहले बिवाह मण्डपमै चेक हस्तान्तरण गर्दै बैवाहिक जिवनको शुभकामना समेत दिएकी छिन्पछिलो समय मौलापुर नगरपालिकामा असहाय संग मेयर कार्यक्रम लोकप्रिय बन्दै गएको छ। मधेश प्रदेशमै पहिलो महिला मेयर रिना कुमारी साहको उदारता र सक्रियताले नगरबासी माझ असहाय संग मेयर कार्यक्रम लोकप्रिय बनेको हो।असहाय संग मेयर कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा छोरीको बिहेको लागि आर्थिक बर्ष २०७९।०८० मा ५० परिवारलाई आर्थिक सहयोग गरिएको छ। छोरीको विवाहमा सहयोग स्वरुप जनही ३० हजारका दरले ५० जना परिवार एवं निवेदकको खातामा १५ लाख रुपैयाँ पठाईएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताउनुभयो।
आवरण मौलापुरकी मेयर रिना साह द्वारा छोरीको बिहेमा चेक हस्तान्तरण