रौतहट — जिल्लाको सदरमुकाम गौरको विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको भट्टीमा तयार पारी भारततर्फ लैजान खोजिएको मदिरा प्रहरीले बरामद गरी सोमबार नष्ट गरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा अवैध मदिराको उत्पादन र बिक्री बढेको पाइएको छ । मदिरा बरामद गरे पनि ओसारपसार गर्ने फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिकाको विभिन्न स्थानबाट झन्डै २ सय लिटर मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दामोदर केसीले जानकारी दिए । उक्त मदिरा लुकाएर भारततर्फ लैजान लागेको बेला बरामद भएको हो । प्रहरीले घरेलु मदिरा जिल्ला प्रहरी कार्यालयको प्रांगणमा खाल्डो खनेर नष्ट गरेको थियो ।

अघिल्लो सामग्रीदेशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की
यसपछिको सामग्री‘पुष्पा’ का अभिनेताले स्वीकारे आफ्नो अपराध