जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाली कांग्रेसको दुई दिवसीय प्रदेश सम्मेलन आज सुरु हुँदैछ ।
नेपाली कांग्रेसको  केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलन आज र भोलि चल्ने काङ्ग्रेस मधेस प्रदेश का सूचना, संचार तथा प्रचार प्रसार बिभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । उनले मधेश प्रदेश सम्मेलनको तयारी पूरा भएको जानकारी दिए ।


ऐतिहासिक तिरुहुतिया गाछीमा आयोजना हुने उद्घाटन सत्रमा ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने बन्द सत्रमा ८ सयभन्दा बढी प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारीको उपस्थिति रहने सचार बिभाग प्रमुख गुप्ताले बताए ।
प्रदेश सम्मेलन अगावै कांग्रेसले बाँकी रहेका वडादेखि जिल्ला तहसम्मको सम्मेलन गरी प्रदेश प्रतिनिधि छनोट गरिसकेको छ ।  

तस्बिर सौजन्य नेपाली काङ्ग्रेस मधेस प्रदेशका सुचना,सचार तथा प्रचार प्रसार बिभाग प्रमुख नितेस कुमार गुप्ताको फेसबुक वाल बाट।

अघिल्लो सामग्रीसडकमा सुतेर उखु किसान विरोधमा
यसपछिको सामग्रीभारतबाट उद्दार गरिएका ८ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो