रौतहट १५ कार्तिक: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको चन्द्रपुर स्थित एक बिद्यालयको चार कोठे भवनको आज एक समारोहका बीच उदघाटन गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर ८ स्थित बेतौनामा रहेको श्री दलित जन जागरण निम्न माध्यमिक बिद्यालयमा निर्माण सम्पन्न भएको चार काठे भवनको आज चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले उदघाटन गर्नु भएको हो । सो भवनको उदघाटन पछि आयोजित कार्यक्रममा चन्द्रपुर नगरप्रमुख संजय काफलेले बिद्यालयको शैक्षिक सुधार संगै भौतिक पुर्बाधार निर्माण गर्दै जाने योजना नगरको रहेको बताउनु भयो । बिद्यालयमा अध्यन गर्न आउने बिद्यार्थीहरुको सिकाईमा जोड दिन उहाले आग्रह गर्नु भयो । सोही कार्यक्रममा उपप्रमुख जयमाला चौधरीले चन्द्रपुर नगरभित्रका बिद्यालय लाई समय सापेक्ष सुधार गरिदै लगिने बताउनु भयो । बिद्यार्थीहरुको चाहना लाई सिकाईमा परिणत गर्न सकेमात्रै उनीहरुमा शैक्षिक सुधार आउने उहाको भनाई रहेको छ । ४५ लाखको लागतमा उक्त भबन निमार्ण भएको हो । भबन उदघाटन समारोहमा विद्यालयका सम्पुर्ण शिक्षक, शिक्षिका, अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिती थियो ।

अघिल्लो सामग्रीरौतहट ट्राफिकले थाल्यो राजमार्गमा चेकजाँचमा कडाइ
यसपछिको सामग्रीसप्तरीमा २५ किलो गाँजा बरामद