चन्द्रपुर:राम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमाेद काेइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् । 
सोमबार प्रतिष्ठानका अध्यक्ष विनाेदचन्द्र काेइरालाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघिय सांसद देव प्रसाद तिमल्सिनाकाे प्रमुख आतिथ्यता रहेको थियो । हरेक वर्ष झैं चन्द्रपुर – ७ आफ्नै निवासमा गरिने साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा चन्द्रपुरका मेयर संजय काफ्ले ,पुर्व मंत्री गाेविन्द चौधरी ,पुर्व प्रदेश सासंद धनलाल ठाेक्कर ,पुर्व मेयर रामचन्द्र चौधरी ,काेइराला समाजका रौतहट अध्यक्ष गाेविन्द काेइराला,भरत प्रसाद आचार्य लगाएतकाे उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बनबहुअरीका दुई बृद्वबृद्वालाई नगद सहित दाेसल्ला ओडाएर प्रमुख अतिथिले सम्मान गर्नु भएकाे थियो । उपस्थित सम्पूर्णले स्वर्गीय रामकुमार काेइरालाकाे याेगदानकाे चर्चा गर्दै उहाँले देखाएकाे मार्गमा हिड्न सके मात्र स्मृति दिवसले सार्थकता पाउने बताउनु भयाे ।

अघिल्लो सामग्रीमधेश प्रदेश सदस्य रबिनचन्द्र कोइरालाद्धारा दशै ,तिहार सुभकामना आदान–प्रदान
यसपछिको सामग्रीतरुण दलको ७१ औ स्थापना दिवसको अवसरमा चन्द्रनिगाहपुरमा दिप प्रजवलन कार्यक्रम