रौतहटःचन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरको शनीबार १५औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य लोक कुमारी खरेलले सभाको उदघाटन गर्नु भएको हो । संस्थाका अध्यक्ष बसन्त आचार्य शेयरसदस्यहरुको आर्थीक स्तर उकास्न चिन्तनका साथ अघि बढदै आएको बताउनु भयो । उहाले चन्द्रोदय साकोसले बचत तथा ऋणका अलावा सामाजिक कार्य गरेर समाजमा योगदान पुरयाएको अध्यक्ष आचार्यले बताउनु भयो । उहाले समुदायमा आधारित गुणस्तरीय, ब्यबसायिक दिगो बितिय सहकारी संस्थाको परिकल्पना गरीएको बताउनु भयो । संस्थाले सदस्य बिस्तार, बचत बिस्तार, ऋण लगानी जस्ता कार्य गर्दै आएको बताउनु भयो । संस्थाका सचिव संजय प्रसाद साहले साहले संस्थालाई अझ गुणात्मक बिकास गर्नका लागि बिभागको मापदण्ड पुरा गर्ने नेफ्स्कुन मार्फत संस्थाको गुणस्तर तथा संस्थामा भए गरेका गतिबिधिहरु सुनिश्चित गरी संस्था बिकासमा सहयोग पुरयाउन नेफ्स्कुन द्धारा संचालित पुर्ण ब्यबसायिक साकोस बिकास कार्यक्रममा आबद्ध भई प्रोबशन बाण्ड प्राप्त गर्न अगाडी बढिरहेको प्रतिबेदन उल्लेख रहेको छ । कोषाध्यक्ष भिम बहादुर बिकको बार्षिक प्रतिबेदनमा शेयर सदस्य ३ हजार १ सय ४७ रहेको बताउनु भयो । संस्थाको आम्दानी २ करोड ४३ लाख १ हजार १७ रहेको प्रतिबेदनमा उल्लेख रहेको छ । संस्थाका उपाध्यक्ष रामशरण गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो भने बरिष्ठ उपाध्यक्ष बासु अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । गुञ्जन एफएमका स्टेशन म्यानेजर संजय कार्की, सरोकार बिषेशका पवन घिमिरेले चन्द्रोदय सहकारीले समाजमा प्रभाबकारी कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नु भयो ।

अघिल्लो सामग्रीरौतहट वास्केटबल संघ को प्रथम भेला सम्पन्न,अध्यक्ष मा तिमल्सिना चयन
यसपछिको सामग्रीएसियाड क्रिकेट : नेपालको प्लेइङ ११ मा एक खेलाडी परिवर्तन