file pic .

रौतहटःरौतहटका तरकारी तथा फलफूल बजारहरुमा खाने तामाको बजार पछील्ला दिनहरुमा निकै घटेको छ । नेपालीको स्वाद र संस्कृतिसग जुटेको तामाको बजार असोज महिनाको पहिलो सातामा घटेको हो ।चन्द्रपुर नगरपालिका वडा नम्बर–४ स्थित मुख्य चोक, चन्द्रपुर–६ हाटबजारमा रहेको तरकारीको थाक बजारमा समेत खाने तामाको बिक्री पछील्ला दिनहरुमा घटेको हो । शुभकार्यदेखि पितृकार्यसम्म नेपाली संस्कृतिको प्रतीक बनेको तामा किन्नेको चहलपहल तरकारी बजारमा निकै हुने गरेको भएपनि अहिले भने घटेको चन्द्रपुरकातरकारी व्यापारी सुसान्त बस्नेत बताउनुहुन्छ ।
तामा अमिलो बनाएर र त्यसैपनि तरकारी खानका लागि प्रयोग गरिन्छ । जिल्लाको उत्तरी भेग र छिमेकी जिल्लाबाट समेत आयात भएका तामा चन्द्रपुर र आसपासका क्षेत्रमा बिक्री हुदै आएको छ । पछील्ला दिनहरुमा तामाको व्यापार घटेको चन्द्रपुरका तरकारी व्यापारीहरु बताउछन् । गत वर्ष गाउँको छेउछाउमै सजिलै तामाका टुसा पाइन्थे । अहिले तीनै बाँसका भरयाङ त छन् तर नया मुना पनि कमै पलाएको छ । सबै बाँसबाट तामा उत्पादन हुँदैन ।
तामा निकालिने बाँस अन्य काममा प्रयोग गर्न नमिल्ने किसानहरु बताउछन् । फोस्रे, ढुङ्ग्ररे चाउ बाँसका तामा स्वादिलो हुन्छ । अरू बाँसको तामा तितो टर्रो हुन्छ । वातावरण विज्ञका अनुसार पनि वर्षा र तामाबिच अन्योन्याश्रित सम्बन्ध हुन्छ । बाँस वा वनस्पतिको जीवनचक्र पनि मौसमी क्यालेन्डरसग जुटेको हुन्छ । मौसमी अनुकूलता बिथोलियो भने बोटबिरुवाको वृद्धि, विकास र प्रजनन काल पनि प्रभावित हुने हुन्छ।

अघिल्लो सामग्रीशिक्षकलाई पेसा छोडेको दिनमात्रै राजनीतिमा आउने ढोका खोल्नुपर्छ:गगन थापा
यसपछिको सामग्रीसन्दीप लामिछाने चीन जाँदै