चन्द्रपुरः चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले आफनो सन्स्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक थान कम्प्युटर सेट उपलब्ध गराएको छ । आज चन्द्रनिगाहपुर खानेपानी कार्यालय परिसर मा भएको एक कार्यक्रम का बिच बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले समितिका अध्यक्ष किशोर प्रसाद उपाध्याय लाई सामाग्री हस्तान्तरण गर्नु भयो। सो कार्यक्रम मा समितिका सचिब अबधेश हरि भट्टराई लगयत समितिका अन्य पदाधिकारी तथा ब्यबस्थापक एव्म बैंक को तर्फबाट नयाँ शाखा प्रबन्धक सुदिप ढकाल एव्म अन्य कर्मचारी हरुको समेत उपस्थिति रहेको थियोे । बैंक प्रबन्धक सुबोध कोइराला ले बैंक ले आर्थिक मात्र नभइ समाजिक कार्य पनि गछ भन्ने यो ज्वलन्त उदाहरण रहेको र यो सहयोग बाट खानेपानी कार्यालयको उपभोक्ता मुखि सेवा संचालन गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गर्नु भयो। त्यसै गरि समितिका अध्यक्ष उपाध्याय ले समिति को आग्रह लाई सहर्ष स्विकार गरि गरिएको यो सहयोग को लागि बैंक लाई धन्यवाद दिदै प्राप्त सामग्री को उचित प्रयोग को प्रतिबद्धता गर्दै लुम्बिनी बिकाश बैंक चन्द्रनिगाहपुर शाखाको आर्थिक उन्नतिको कामना एवम सकृय समाजिक उपस्थिति को लागि शुभकामना ब्यक्त गर्नु भयो। यस अधि पनि लुम्बिनी बिकाश बैंक ले आफ्नो सन्स्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनज्योति क्याम्पस चन्द्रनिगाहपुरका छात्रालाईहरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहायोग गरेको थियोे ।सो कार्यक्रम समितिका सचिब अवधेश हरि भट्टराई ले संचालन गर्नु भएको थियो।

अघिल्लो सामग्रीसंकल्प साकोसको बार्षिक साधारण सभा सम्पन्न
यसपछिको सामग्रीशिक्षकलाई पेसा छोडेको दिनमात्रै राजनीतिमा आउने ढोका खोल्नुपर्छ:गगन थापा