सर्लाही :सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पको टोकाई बाट मृत्यु भएको छ ।
राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा उनलाई लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको स्थानीयले बताए ।यसवर्ष सर्लाहीमा सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ ।
Uncategorized सर्लाहीमा सर्पको टोकाई बाट एकजनाको मृत्यु