रौतहट — रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण फसेका स्थानीय किसानलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।मंगलबार बिहान नदीपारि खेतमा काम गर्न गएका बेला बाढी आएपछि उनीहरू पारि नै रोकिएका थिए ।मंगलबार बिहान बाढीको सूचना पाएपछि नेपाली सेनाको पुरेनवास्थित वीरदल गणको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।लालबकैयामा अचानक बाढी आएपछि नदीको सतह ह्वात्तै बढेको छ । स्थानीय किसान भने बीचमै फसेका थिए । हामीले उद्धार गरेका छौं । उहाँहरू अहिले सुरक्षित स्थानमा हुनुहुन्छ । वर्षामा बाढी आउने हुँदा हाम्रो टोली जिल्लाभर उद्धार गर्न तयारी अवस्था मा छ, सेनानी प्रकाश कुमार रावलले भने ।यसैबीच, रौतहटको फतुवाविजयपुर नगरपालिका- ८ बुनियाँद गाउँमा सोमबारदेखि परेको अविरल वर्षाका कारण ५५ घर डुबानमा परेका छन् । बाढीको पानी प्रत्येक घरभित्र पसेर अन्नपात तथा लत्ताकपडा बिग्रिएको स्थानीयहरूले बताएका छन् ।प्रहरी निरीक्षक अरविन्द कुमार साहको नेतृत्वमा ७ जनाको टोली खटिएर ६५ वर्षीय लालबहादुर चौधरीलाई पानीमा डुब्दै गरेको अवस्थामा स्थानीयहरुको सहयोगमा उद्धार गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

ekantipur

अघिल्लो सामग्रीबागमतीमा पानीको सतहले खतरा तह पार,सतर्क रहन आग्रह-तस्बिरहरु
यसपछिको सामग्रीकांग्रेसको प्रचार प्रसार विभागमा रौतहटबाट झा,पाण्डे र हुमागाई मनोनित