जनकपुरधाम÷मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले पत्रकारहरुलाई सत्यतथ्य अनुसन्धान नगरि समाचार नलेख्न आग्रह गरेकी छिन् । केही सञ्चारमाध्यमहरुमा मन्त्री यादवविरुद्ध समाचार प्रकाशित भएपछि उनी मिडियाप्रति आक्रोशित बनेकी हुन् ।सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री यादवले आफूविरुद्ध अख्तियारमा उजुरी परेको र सो उजुरी छानबिनकै क्रममा रहेकोले उजुरी पर्ने वित्तिकै आफू दोषी नभएको बताइन् ।
उनले भनिन्, ‘म विरुद्ध उजुरी परेपछि केही सञ्चारमाध्यमहश्रमा मलाई दोषी नै करार गर्ने गरि समाचार प्रकाशित भएपछि दुःख लागेको छ । पत्रकार साथीहरुले त कम्तीमा सत्यता बुझ्नुपर्यो नि ।’
मन्त्री यादवले कुनै पनि निकायको विरुद्ध अख्तियारमा उजुरी परेपछि पहिला कागजात मागिने, अध्ययन अनुसन्धान हुने त्यसपछि मात्रै दोषी करार हुने बताइन् । चालू आर्थिक वर्षमा अधिकांश योजना तपाईँले आफनो बुवा रामवृक्ष यादवको नाममा निर्मित प्रतिष्ठानका नाममा छुट्टयाउनुभयो भन्ने छ नि ? भन्ने जिज्ञासामा मन्त्री यादवले त्यो आवश्यकतामा आधारमा राखिएको बताइन् ।
केहि सञ्चारमाध्यममा मन्त्री यादव र उनका श्रीमानले कमिसन आतंक मच्चाएको समाचारबारे उनले पत्रकारहरुलाई आफू विरुद्ध प्रयोग गरिएको आरोप लगाइन् ।

अघिल्लो सामग्रीरौतहटमा मलखाद चोरी गरेको आरोपमा ५ जना पक्राउ
यसपछिको सामग्रीसर्लाहीमा सर्पको टोकाई बाट एकजनाको मृत्यु