अनाथ टुहुरा बालबालिकासँग जन्मदिन मनाउन पाउँदा खुशी छु।
रौतहट:
रौतहटमा एक पत्रकारले आफ्नो जन्मदिन अनाथालयमा मनाएका छन् । पत्रकार अभिमनु पटेलले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा २६ जना टुहुरा बालबालिका संग खुशी सट्टासट्टा र खाद्यान्न सहयोग गरी आफ्नो जन्म दिन मानाएका छन् । परोहा नपा वडा नं ८ मोतिपुर नरकटिया टोल निवासी तथा मधेश प्रदेश अनलाइन संचालक र रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेश कोषाध्यक्ष समेत रहेका समाजसेवा मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल पत्रकार अभिमनु कुमार पटेलले ससाना टुहुरा बालबलिका संग आफनो जन्म दिन मनाउन पाउदा आफु् निकै हर्षित रहेको बताएका छन् ।
जन्म दिनको अवसरमा पटेलले खाद्यान्न सामाग्री समेत सहयोग गरेका छन् । आफुले केहि गर्न नसके पनि सानो सहयोग स्वरूप चामल, दाल, आलु, प्याज, खानेतेल, सोहबिन, नुन, चकलेट, चोकोपन, सर्फ, कपडा धुने साबुन, नुहाउने साबुन, बिस्कुट लगायत खाद्यान्न सामाग्री अनाथालयलाई सहयोग गरेका छन् ।
टुहुरा बालबालिकाहरूको जीवनमा केही पल राम्रोसँग खाना खान पाउन् भने उदेश्य साथ ठूलठूला महँगो होटेलमा केक काटेर लाखौं रुपैया खर्च नगरि अनाथालयमा पुगेर टुहुरा बाबुहरूको अनुहारमा अलिकति भएपनि खुशी ल्याउने प्रयासको साथ युवा पत्रकार पटेलले ती सामाग्रीहरू आफै पुगेर अनाथालय प्रमुख बंशीराम जयसवाल ज्यूलाई हस्तान्तरण गरेका हुन ।
पत्रकार पटेलले आश्रमलाई नजिक बाट नियालेको र आश्रमको दुख सुखमा आफु रहेको बताए ।यस्तै आश्रमको बरेमा बोल्दै उनले भने, श्री बंशीराम अनाथालय गरूडामा देश विदेशको विभिन्न स्थानबाट कुनै न कुनै संयोगबस यहाँ आईपुगिसकेका छन् । टुहुरा बालबालिकाका कसैको आमा/बुवा छैनन् त्यस्ता साना साना बालबालिकालाई आफ्नो सन्तान जस्तो हेरचाह गर्न कति कठिनाई भइरहेको होला भने म कल्पना पनि गर्न सक्दिन,पटेलले भने । एक वा दुई आफ्नो सन्तान हुदा जस्तोसुकै आमाबाबुलाई पनि अलिकति स्वास्थ अवस्था खराब हुदा तनाव बनाइदिन्छ, खाना खान नमान्ने, एक आपसमा लडाइँ गर्ने तर यो २६ जना बालबालिकालाई बस्न, खाना, सुत्न, शिक्षा हासिल गराउन र एक ठाउँमा मिलाएर बसाउन साह्रै गाह्रो पक्कै भइरहेको होला जुन कार्य दिनरात यस आश्रमका संस्थापक श्री बंशीराम जयसवाल ज्यूले गर्दै हुनुहुन्छ यो आफैमा धेरै चुनौतीपूर्ण बिषय रहको उनले बताए ।

आफै लगभग उहाँ ७५ बर्षभन्दा बढी उमेरमा पुगिसकेका छन् तैपनि आफ्नो घर परिवार सबै त्याग गरि समाजसेवाको भावनाले लामो समय देखि संचालन गर्दै आएको अनाथालय आश्रयमा अहिले महंगो हरेक सामान खरिद गर्दा संचालनमा राख्न धेरै कठिनाइ भइरहेको त्यहाँका बालबालिकाहरूले पत्रकार पटेललाई दुखहरू व्यक्त गरेका छन् ।

बंशीराम अनाथालय गरूडाको दुख दायि अवस्था हेर्दा तपाईहरूले आफ्नो, छोराछोरी, दाईभाई, दिदीबहिनी, वा कुनै साथी भाईको जन्मदिन, शादी सालगृह लगायतको सुखद् अवसरमा ठूलठूला महंगो होटल वा घरमा केक काटेर अनुहार भरि दलेर बिना कुनै कामको मासु, रक्सी, खाना, खाजा र मनोरञ्जनको नाममा लाखौंलाख खर्च गर्नुभन्दा यस्तो यस्तो असहाय जसको यो संसारमा अनाथालय बाहेक अरू कहिकतै बस्ने, हेर्ने र शिक्षा दिने नभएकोले यो पवित्र मन्दिर जस्तो ठाउँमा आएर आफ्नो खुशी सट्टासट्टा गर्नु किन कि धेरै नभएपनि थोरै किन नहोस् ती बावुनानीहरूको अनुहारमा खुशी ल्याउने प्रयास गर्नु भनेर युवा पत्रकार समाजसेवी अभिमनु कुमार पटेलले सबैसँग आग्रह समेत गरेका छन् ।

अघिल्लो सामग्रीचन्द्रनिगाहपुरमा खुशी मार्ट खुल्यो
यसपछिको सामग्रीगैडाटारका युवाहरुले सामुहिक रुपमा जनैधारण गरेर मनाए ऋषितर्पणी