रौतहट –रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित क्यान्टिन बजारबाट प्रहरीले शुक्रबार १६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
क्यान्टिन बजारका ५० वर्षीय पूर्णबहादुर तामाङलाई बिक्रीका लागि तयार पारिएको गाँजासहित घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।गाँजा बिक्री गर्न लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दिउँसो तामाङको घर खानतलासी गरेको थियो ।त्यस क्रममा उनको भान्सामा हरियो रंगको जेब्रा झोला र निलो रंगको ड्रममा लुकाइराखेको अवस्थामा ४ पोका ९१६ केजी० गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।‘तामाङलाई पक्राउ गरी जिल्ला अदालत गौरवाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेका छौं,ु प्रहरी निरीक्षक सापकोटाले भने, ‘उनले गाँजा कहाँबाट ल्याउने गरेको र यसमा को(को व्यक्ति संलग्न छन् भन्ने खुल्न बाँकी छ ।’ प्रहरीका अनुसार विगत केही वर्षदेखि क्यान्टिन बजारमा लागूऔषध बेचबिखनका गतिविधि बढ्दै छन् ।

अघिल्लो सामग्रीकांग्रेसको प्रचार प्रसार विभागमा रौतहटबाट झा,पाण्डे र हुमागाई मनोनित
यसपछिको सामग्रीसाझवाणी दैनिक साउन २९ गते को ई-पेपर