चन्द्रपुर:रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ को मुख्य चौकमा सोमबार देखि खुशी मार्ट खुलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेन रोडमा रहेको एसविआई बैक र सिद्धार्थ बैकको बिचमा मार्ट खुलेको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले रिवन काटेर खुसी मार्टको उद्घाटन गर्नुभएको छ ।सो मार्टमा सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामग्रीको बिक्रीका लागि राखिएको छ ।  निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई लक्षित गरी मार्टबाट सेवा सुचारू गरिएको प्रो. राकेश गिरीले बताउनुभयो । उहाँका अनुसार मार्टबाट होलसेल (सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामाग्री र ग्रोसरी सामाग्री खुद्रा मुल्यमा उपलब्ध हुन्छ । खुशी मार्ट खुलेको अवसरमा हरेक सामन खरिदमा ५ प्रतिशत छुट दिएको उहाँले जानकारी दिनुभयो । अन्य पसलहरूमा भन्दा पनि सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध हुने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने सञ्चालक गिरीले बताउनुभयो । यहाँका स्थानीयलाई सुपथ मूल्यमा वर्षैभरि सेवा दिनेगरी करिव डेढ करोडको लागतमा मार्ट सञ्चालनमा ल्याएको उहाँको भनाई छ  । मार्टमा आउने ग्राहकले अन्य पसल वा स्टोरहरु भन्दा सस्तोमा गुणस्तरीय सामाग्री सेवा उपलब्ध गराउन र निरन्तरता दिन सुझाव दिएका छन् । ग्राहकको विश्वसनियतालाई पहिलो प्राथमिकता दिने मार्टका सञ्चालक गिरीले बताउनुभयो । अधिकत्तम खुद्रा मूल्य  भन्दा पनि सस्तोमा सम्पूर्ण सामग्री मार्टमा उपलब्ध रहेको संञ्चालकको दाबी छ । बढ्दो सहरीकरणसंगै चन्द्रनिगाहपुर क्षेत्रमा डिपार्टमेन्ट स्टोर तथा ,मार्टहरु खुल्ने क्रमसमेत बढ्न थालेको हो । करिव एक दशक यता चन्द्रनिगाहपुर बजार क्षेत्रमा जिल्लाभित्र र बाहिरबाट बसाई सराई गरेर आउनेहरुको संख्या बढेको छ । चन्द्रनिगाहपुर जिल्लामै सर्वाधिक बाक्लो र घना आवादी भएको क्षेत्र हो । आसपासका क्षेत्रका बासिन्दाको प्रमुख बजारका रुपमा रहेको चन्द्रनिगाहपुरमा पछिल्ला समयमा ब्यापार ब्यवसाय गर्ने होड नै चलेको नगर उद्योग बाणिज्य संघ चन्द्रपुरका अध्यक्ष उदयनारायण सापकोटाले बताउनुभयो । उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुरका अनुसार नगर क्षेत्रमा दुई हजार पाँच सयको संख्यामा ब्यापार ब्यवसाय गर्ने ब्यापारीहरु रहेका छन् ।

अघिल्लो सामग्रीजलबायु परिर्वतन सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
यसपछिको सामग्रीपत्रकार पटेलले गरे जन्म दिनको अवसरमा अनाथालयमा खाद्यान्न सहयोग