रौतहट,२५ सााउन नेपाली कांग्रेसले मधेस प्रदेशका आठवटै जिल्लाबाट संचार तथा प्रचार प्रसार विभागमा १९ जनालाई सदस्यमा मनोनयन गरेको छ । नेपाली काँग्रेस मधेश प्रदेशका सभापतिले नितेशकुमार गुप्ताको नेतृत्वमा मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरी १९ जनालाई सदस्यमा मनोनयन गरेका छन् । नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले नेकाको विधान २०१७ संसोधन सहितको धारा ११ क (ख) बमोजिम गुप्ता प्रमुख रहने गरी नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका हुन् । विभागमा रौतहटबाट तिन जना परेका छन् । रौतहटबाट प्रभात कुमार झा,राजेश्वर पाण्डे र सागर हुमागाईलाई मनोनित गरिएको छ । कांग्रेसको प्रचार प्रसार विभागको सदस्यमा सप्तरीकी जाल्पाना कुमारी सदार, सुधा देवी र ललिता साह, सिरहाका विनोद मण्डल र विदु सिंह, धनुषाका निरञ्जन साह र कमल साह, महोत्तरीका सन्तोष सिंह र हदिस खुदारलाई मनोनित गरिएको छ। यस्तै सर्लाहीका निकेश त्रिपाठी , रोशन कुमार साह, पर्सा का राहुल गुप्ता र निलिमा पौडेल, बाराका सन्दीप यादव, सिकिन्द्र पसवान र अन्जली गुप्तालाई पनि मनोनयन गरिएको छ। पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन मधेश प्रदेश उनीहरुलाई नियुक्त गरिएको काँग्रेस मधेशका प्रमुख सचिव सन्तु प्रसाद यादवले बताए ।
आवरण कांग्रेसको प्रचार प्रसार विभागमा रौतहटबाट झा,पाण्डे र हुमागाई मनोनित