रौतहट,२८ साउन
रौतहटमा भन्सार राजस्व छली राजधानी लगायत सहरमा कपडा तस्कर गर्न लागको भन्दै बससहित चालक र सहचालकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले शनिबार राति बसमा लुकाएर राखेको २१ लाखभन्दा बढीको भन्सार छली ल्याइएको कपडासहित चालक र सहचालकलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले धादिङका बस चालक राजकुमार लामा र रौतहटको बृन्दावन नगरपालिका–७ का सहचालक मिराज अन्सारीलाई पक्राउ गरेको हो ।जिल्लाको यमुनामाई गाउपालिका–५ ईद्रिस गेटमा सवारी जा“च गर्ने क्रममा गौरबाट काठमाडौं जादै गरेको ना ४ ख ५१४४ नम्बरको शान्ती डिलक्स रात्रि बसको यात्रु बस्ने सिटमाथिको लाईट कम्पाटमेन्टमा लुकाई राखेको २१ लाख ६४ हजारको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी नेपाल नम्बर ११ गणका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।काठमाडौं जान लागेको बसमा अवैध कपडा तस्करी हुन लागेको भन्ने विशेष सूचना पाएपछि हाम्रो टोली साँझदेखि तैनाथ थियो, उनले भने, भारतबाट भन्सार राजस्व छलेर ल्याएका कपडाहरु राजधानी लैजान लागेको रहेछ । हामीले चालक, सहचालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी गौर भन्सार कार्यालय बुझाएका छौं ।बस खानतलासी गर्दा कतै केही फेला नपरेपछि शंका लागेर बसको सिटमाथिको नट खोलेर हेर्दा फल्स बटममा ३३२ थान कुर्था, सुरुवालको कपडा बरामद गरेको एसपी रेग्मीले बताए ।
अपराध अवैध कपडासहित बस चालक र सहचालक पक्राउ