रौतहटःसंघीय शिक्षा ऐनले शिक्षकहरुको अधिकार कुण्ठित गरेको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका शिक्षकहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । देश ब्यापी रुपमा गरिएको केन्द्रिय सर्कुलर अनुसार चन्द्रपुर नगरपालिका भित्र कार्यरत शिक्षकहरुले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी र नगर शिक्षा अधिकारी कृष्ण प्रसाद सिग्देललाइ ज्ञापन पत्र बुझाएका हुन ।संघीय शिक्षा ऐनले शिक्षकहरुको अधिकार कुण्ठित गरेको र पहिले भैइसकेको ५१ बुदे र ३० बुदे सहमती बिपरित रहेको नेपाल शिक्षक संघ चन्द्रपुर नगर कमिटि अध्यक्ष मुरारी आचार्यले बताए ।ऐन २०७४ लाई शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ खारेज नहुदै कार्यान्वयनमा ल्याउनु आपत्तिजनक भएको तथा बिधमान ऐन कानुन संग बाझिन गएको अध्यक्ष आचार्यको धारणा छ ।संघीय शिक्षा ऐनको बिरोधमा देशैभरिका पालिकामा बिरोधका कार्यक्रमको सुरुवात गर्दै शिक्षक महासंघले बिरोधस्वरुप धर्ना सहित ज्ञापन पत्र बुझाइएको उनले बताए । सो कार्यक्रममा नगर भरीका बिद्यालयका प्रधानाध्यापकहरु त्था शिक्षकहरुको सहभागिता रहेको थियो ।यसैबिच सो ऐनको बिरुद्ध रौतहटको १८ वटै पालिकामा बिरोधका कार्यक्रमहरु गरिएको शिक्षक संगठनका रौतहट अध्यक्ष धमेन्द्र सिंहले जानकारी दिएका छन । रौतहटको गौर,गरुडा,कटहरिया लगायत १८ वटै पालिकामा बिरोधका कार्यक्रम गरिएको छ ।३० गते मंगलबारका दिन शिक्षा बिकाश समान्वय ईकाई कार्यालय गौरमा ३२ गते बिहीबार समाजिक बिकाश मन्त्रालयमा र भदौ १ गते शुक्रबार प्रदेश तथा संघीय संसद वा प्रदेश संसदलाई समझौताको प्रतिलिपि बुझाईने कार्यक्रम रहेको छ ।
आवरण नया शिक्षा ऐनको बिरोधमा चन्द्रपुरका शिक्षकहरुले बुझाए ज्ञापन पत्र