चन्द्रपुर:नेपालमा जलबायु परिर्वतन अनुकुलन तथा पैरवी परियोजना अन्तर्गत जलबायु परिर्वतन सम्वन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । ग्रमिण विकास केन्द्र नेपाल (आरडिसी) को आयोजना र अक्सफामको समन्वयमा जलवायु परिर्वतनको प्रभावबारे स्थानिय सरकारका प्रमुख अधिकारी र संञ्चारकर्मीलाई अभिमुखीकरण गराउनका लागि कार्यक्रम भएको हो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडामा कार्यरत कर्मचारी, जनप्रतिनिधि र संचारकर्मीको सहभागीता रहेको थियो । सो कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले नेपालमा जलबायु परिर्वतनको असर, समस्या र सामधानका बारेमा सहजीकरण गर्नुभएको हो । यसका असर देखिन थालिसकेकाले सचेत हुनु पर्ने अवस्था आएको उहाँको भनाई छ । उहाँका अनुसार जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको कारणमा नेपालको योगदान छैन तर असर भोगिरहेको छ । ’बाढीपहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो र गर्मी प्राकृतिक रुपमा बढिरहेका जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटन लगायत क्षेत्रमा असर गरेको उहाँले प्रष्ट पार्नुभयो । जलबायु अनुकूलन र न्यूनीकरणका लागि काम गर्नु अहिले सबैको मुख्य जिम्मेवारी भएको उहाँले बताउनुभयो । प्रकृती तथा मानव सर्जितका कारणले वतावरण प्रदुषण हुँदै गएको उल्लेख गर्दै उहाँले सूर्यबाट पृथ्वीमा प्राप्त हुने ताप र यसको परावर्तन प्रक्रियामा हरित गृह ग्यासको भुमिकाका बारेमा चर्चा गर्नुभएको थियो । हरित गृह ग्यास उत्सर्जन क्षेत्रहरु कृषि १३.५ प्रतिशत, कलकारखाना १९.४ , यातयात १३.१, ईन्धन २५.९ प्रतिशत रहने गरेको उहाँले जानकारी दिनुभयो । जलबायु परिर्वतनले हरेक क्षेत्रमा प्रभाव पार्ने भएकाले समयमा नै ध्यान दिनु पर्ने उहाँको सुझाव छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष वेदहरि दाहालले मौषम र जलबायुको परिभाषा, हरितगृह ग्यासहरु र तिनीहरुको स्रोतहरु, हरितगृह प्रभाव र विश्व उष्णीकरण, जलवायु परिर्वतनले प्रभाव पार्ने क्षेत्रहरु, जलबायु परिर्वतन न्यूनिकरणका उपायहरु, अनुकुलताका उपायहरु र जलबायु परिर्वतनका प्रभावका बारेमा प्रष्ट पार्नुभएको थियो ।उहाँले दैनिक रुपमा पृथ्वीको बायुमण्डलमा आउने परिर्वतनलाई मौसम भनिन्छ भने त्यही मौसम लामो अवधी (लगभग ३० बर्ष) औसत अवस्थालाई जलबायु भन्ने गरिएको बताउनुभयो । मौसम र जलवायुको भिन्नतालाई प्रष्ट्याउदै उहाँले नेपालमा जलबायु परिर्वतन अनुकुलनका बारेमा चर्चा गर्नुभएको थियो । सो कार्यक्रमको उदेश्यका बारेमा ग्रमिण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक देवदास यादवले प्रकाश पार्नुभएको थियो । उहाँले जलवायु प्रदुषणका कारण दिनानुदिन बढिरहेको समस्यालाई न्युनिकरण गर्ने र वातारणलाई अनुकुल बनाउदै लानु यो कार्यक्रयमको उदेश्य रहेको बताउनुभयो । उतm कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उप प्रमुख जयमाला चौधरी, वडा अध्यक्ष वोधनाथ देवकोटा, सहदेव केसी, जितेन्द्र चौधरी, निलहरि कोईराला लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रममा ४५ जनाको उपस्थिती थियो ।