चन्द्रपुर: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन् ।
त्यस्तै चन्द्रपुर-३ गैडाटारका युवाहरुले पुरानोटोल स्थित नमुनाडांडामा विधिपूर्वक सामुहिक रुपमा यज्ञोपवीत धारण गर्दै ऋषितर्पणी गरेका छन् ।
नमुना युवा क्लबको आयोजनामा ६० जना भन्दा बढिको उपस्थितीमा सामुहिक रुपमा जनैधारण गरेका छन् ।धार्म संस्कृति जगेर्ना र संरक्षण को लागि सम्पुर्ण यूवाहरु एक जुट भएर समुहिक जनैधारण गरीएको नमुना युवा क्लबका अध्यक्ष जीवन कटुवालले बताए । पहिले पहिले हाम्रा बाउ बाजेले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर समुहिक रुपमा बिधितापूर्वक जनैधारण गर्ने गर्थे,तर यो प्रचलन बिस्तारै लोभ हुदै गयो कटुवालले भने,यस वर्ष बाट सामुहिक जनै धारण कार्य प्रारम्भ गरीएको र यसैलाई प्रत्येक साल निरन्तरता दिने बताए ।।
आवरण गैडाटारका युवाहरुले सामुहिक रुपमा जनैधारण गरेर मनाए ऋषितर्पणी