रौतहट, २९ साउन रौतहटको गढिमाई नगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ ।
नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले नगरको समृद्ध विकासको पूर्वाधार निर्माण गर्न विशेष प्राथमिकता दिईने बताएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन पूर्वाधार, विपद व्यवस्थापन लगायतका जनजिविका संग जोडिएका सम्पूर्ण आवश्यकतालाई प्राथमिकता दिदै यश आर्थिक बर्षमा जोड दिईने यादवले बताए ।
आर्थिक बर्ष २०८०/०८१ का लागि ५३ करोड १५ लाख ८४ हजार ४ सयको बजेटमा चालु तर्फ ३७ करोड ७२ लाख ४७ हजार ४ सय तथा पुुंंजिगत तर्फ १५ करोड, ४३ लाख ३७ हजारको बजेट नगरप्रमुख यादवले प्रस्तुत गर्दै घोषणा गरे ।उपनगर प्रमुख अस्मिता यादवले नवौं नगर अधिवेशनको सफलताको कामना गर्दै स्वागत मन्तब्य राखेका थिए ।
वडा नं ५ का वडाध्यक्ष राजिव रंजन यादवले नगरपालिकामा रहेका समस्या पहिचान गर्दा नगर सभा गर्न ढिलो भएको र कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधाहरुलाई यथाशीघ्र पूरा गर्नुका साथै अनावश्यक करारका कर्मचारीलाई स सम्मान विदाई गर्ने बताए ।वडाध्यक्ष रामपुकार यादवले नगरप्रमुखद्वारा प्रस्तुत गरिएको नीति कार्यक्रम तथा बजेट एकदमै राम्रो र सराहनीय रहेको चर्चा गर्दै विगतका कमिकमजोरीलाई सुुधार गर्न ५ बुंदे ज्ञापन पत्र बुझाए पछि सुधार भएपछि सोमबार नगरसभा हुदा अत्यन्तै खुशी लागेको बताए । वडा नम्बर २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले शिक्षाको अभावमा नगरको समस्या उत्पन्न भएको हुदा गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताउदै कृषिलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, नवौं नगरसभामा १ देखि ९ सम्मका वडाध्यक्ष, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु, नगर कार्यपालिकामा विभिन्न फाँटका प्रमुखहरु, लेखा प्रमुख कामेश्वर सहनी, नेपाल पत्रकार महासंघका सचिव मदन ठाकुर, संचारकर्मी संजय साह मित्र लगायतका नगरबासीको उत्साहपुर्वक उपस्थिति रहेको थियो ।

अघिल्लो सामग्रीनया शिक्षा ऐनको बिरोधमा चन्द्रपुरका शिक्षकहरुले बुझाए ज्ञापन पत्र
यसपछिको सामग्रीतरुण दल रौतहटको जिम्मेवारी सिलवाललाई