चन्द्रपुर: राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुरको नगर भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रपुर को पहिलो नगर भेला शनिवार सम्पन्न भएको हो ।
यस नगर भेलाद्वारा सभापतिमा उदय नारायण सपकोटा (सुरेन) निर्वाचित भएका छन् ।
शनिवार भएको रास्वपाको नगर भेलाले निर्वाचनको प्रक्रियामा उमेद्वार ३ जना मध्येबाट सापकोटा सभापतिमा बहुमत ल्याएर निर्वाचित भएका हुन् । त्यसैगरी सो भेलाले दस वडा बाट १० जनालाई चयन गरेको रास्वपाका क्षेत्रिय सदस्य जनकराज भारतीले जानकारी दिएका छन् ।
उनले सदस्य पदमा चयनहुनेहरुमा वडा नम्बर एकका शक्ति कार्की, दुईका लक्ष्मण थापा,तिनका भावना दाहाल,चारका मुना श्रेष्ठ गौतम,पाँचका रञ्जन काफ्ले,छ का गोमा उप्रेती बजगाई,सातका रामचन्द्र शिवाकोटी,आठका हरी चालीसे र दशका रिमा कुमारी साह रहेको बताएका छन् । चन्द्रपुर को नगर भेला भए संगै अब बृन्दावन नगरपालिकाको नगर भेला को तयारी भइरहेको भारतीले जानकारी दिए।

अघिल्लो सामग्रीसहमति पछि सडक डिभिजन कार्यालय रौतहटको ताला खोलियो
यसपछिको सामग्रीआज साउन १५:खीर खाने दिन