रौतहट,०१ श्रावण रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ को भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच सोमबारबाट शुरु भएको छ । नापजाच कार्यको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख काफलेले भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच कार्यले अब्यबस्थीत बसोबासको समस्या समाधान गर्ने बताए । काम गर्दा आइपर्ने समस्या समाधानको लागी आफुले सक्दो सहयोग गर्ने नगर प्रमुख काफलेले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा राष्ट्रिय भुमि आयोग जिल्ला समिति अध्यक्ष लक्ष्मण रेग्मीले भुमिहिन दलित,भुमीहिन सुकुम्बासी अब्यबस्थीत जमिनको नापजाच सम्बन्धी नियम कानुनको बारेमा प्रकाश पारेका थिए ।
यसैगरी राष्ट्रिय भुमी आयोगका रौतहट जिल्लाका पुर्व अध्यक्ष उद्धब प्रसाद रेग्मीले भुमिहिन र अब्यबस्थीत बसोबासको समस्याको समाधान गर्ने निकाय भुमी आयोग नै भएको हुदा यसमा गम्भीर भएर लाग्न आग्रह गरेका थिए ।
चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाड नं.६ का वाड अध्यक्ष सहदेब केसी,भुमी आयोग रौतहटका सदस्य टिका आचार्य,लक्ष्मी बराल,नेकपा माओवादी केन्द्रका युवा नेता विनोद दुलाल,चेत बोलखे लगायत बिभिन्न निकायका सरोकारवालाहरु ,स्थानिय भद्रभलादमी, बुद्धीजीबी,जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।
चन्द्रपुर नगरपालिका वाड नं। ४ को ३ सय ६९ घर धुरीका अब्यबस्थीत जमिनको नापजाच हुने वाड अध्यक्ष रबि राना मगरले जानकारी दिएका छन ।
हाल सम्म चन्द्रपुर नगरपालिकाको वाड नं। ३,५ र ६ को नापजाच कार्य सकिएको राष्ट्रिय भुमी आयोग रौतहट जिल्ला समिति सदस्य टिका आचार्यले जानकारी दिएका छन । वाड नंं ३ बाट १७०१ घरधुरी,वाड नं। ६ बाट ५५१ घरधुरीको नापजाच कार्य भएको आचार्यले जानकारी दिए । यसैगरी वाड नं। ७ मा अधुरो जमिनको नापी कार्य भइरहेको उनले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिका वाड नं। ४ की वाड सदस्य प्रेमा कुमारी तिमलसिनाको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य वाड सदस्य बिनोद सिटौलाले राखेका थिए ।