मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंहले सरकारी अस्पतालहरु नै बिरामी अवस्थामा रहेको बताएका छन् ।जिल्ला तहमा रहेको प्रादेशिक अस्पतालमा लगानीअनुसार सेवा सर्वसाधारणले पाउन नसकेको भन्दै मन्त्री सिंहले भने, ‘प्रदेशमा पहिले अस्पतालको उपचार अनिमात्रै बिरामीको उपचार हुने अवस्था छ ।’
शुक्रबार जनकपुरधाममा वाग्मती सेवा समाजले आयोजना गरेको समीक्षा कार्यक्रममा मन्त्री सिंहले सबै स्रोत साधन भएका अस्पतालसमेत चुस्त व्यवस्थापन नहुँदा भद्रगोल भएको बताए ।उनले भने, ‘अस्पतालमा चिकित्सक भए उपकरण छैन । उपकरण र चिकित्सक भएको अस्पतामा भौतिक संरचना छैन । सबै साधन श्रोत भएको अस्पतालमा व्यवस्थापन अभावमा भद्रगोल छ ।’प्रदेशको सरकारी अस्पतालहरुमा स्वास्थ्यकर्मी, उपकरण, भौतिक संरचना र व्यवस्थापनबीच तालमेल नमिलेको उनको भनाइ थियो ।
मधेश प्रदेशको स्वस्थ्य सेवा सुधारका लागि सबै सरोकारवाला एकजुट हुनु पर्ने मन्त्री सिंहले बताए ।उनले भने, ‘अस्पतालको सेवा सुधार्न राजनीति दल, स्वास्थ्यकर्मी र कर्मचारीहरुबीचको द्वन्द्व सुल्झाउनु पर्छ । एक अर्काको गल्ती औंल्याएर समस्या समधान हुँदैन । सबै पक्ष एकजुट भएर अगाडि बढेमात्र समस्या समाधान हुन्छ ।’

अघिल्लो सामग्रीसामानले थिचेर कामदारको मृत्यू
यसपछिको सामग्रीमेयर कुर्मीले गरे प्रशासनिक भवन शिलान्यास, जिल्लामै पहिलो लिफ्ट सहितको निर्माण हुने