चन्द्रपुरःचन्द्रपुरमा खानेपानी पाइपलाईन बिस्तार र अवरुद्ध पानी सुचारु गर्न खाडल खन्न सुरु गरिएको छ। बुधबार बाट देउराली चोक बाट दक्षिण पुर्व अवरुद्ध पानी सूचारु गर्र्न खाडल खन्न सुरु गरिएको हो। नेपाली काङ्ग्रेस का चन्द्रपुर नगर सभापती मुकेश गिरि को पहल र चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले पाईप उपल्बध गराउने प्रतिबद्धता गरे संगै पाईप हाल्न खाडल खन्न सुरु गरीएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव अवदेशहरी भटृराईले जानकारी दिए ।
आज खाडल तयार भए संगै भोलिनै पाईप हाल्ने कार्य हुने सचिव भटृराईले बताए । त्यसै गरि मिटर जोडिएको तर पैसा नउठाईएको उपभोक्ता हरु संग पनि महसुल बुझाउन अनुरोध कार्य सुरु भएको बताए । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारी सहित टोलिले खाने पानी बिस्तार को लागि खाडल खन्न सुरु गरिएको हो। बिगत ३ महिना देखि पुर्वटोलका लगाएत अन्य ठाउका उपभोत्ताले शुद्ध खानेपानी बाट वन्चित भएका बिषयलाई मध्य नजर गर्दै आफू हरु निर्वाचित हुने वितिकै विस्तारको कार्य सुरु गरिएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष किशोर प्रसाद उपाध्यायले बताए।कोहि पनि उपभोक्ता खानेपानी बाट वन्चित हुनु हुदैन,उपाध्यायले भने,चाडो भन्दा चाडो उपभोक्ताले खानेपानी पिउन पाउनेमा बिस्वत रहन उनिले आग्रह गरे।

यस्तै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले आफुले प्रतिबद्धता गरे अनुसार पाईप सहयोग गरेको बताए । अन्य आवश्यक ठाउमा पनि पाईपलाईन बिस्तार गरी नगरवासीको घरघरमा पानिको पहुच पर्याउन आफु र पालिका बाट हुने सहयोग गर्ने बताए । यता नेपाली कांगे्रसका चन्द्रपुर नगर सभापति मुकेश गीरीले ३ महिना देखी आम जनताले शुद्ध खानेपानी को झेल्दै आएको सम्स्याको समाधान गर्न सुरु देखीने आफु लागेको बताए ।नव निर्वाचित उपभोत्ता समितिलाई सरल र सहज हिसावले काम गर्न आफु जस्तो सुकै प्रतिकुल अवस्थामा पनि तयार रहेको बताए । गीरीले आफु स्वयम् श्रमदान गर्न समेत तत्तपर रहेको बताए ।

अघिल्लो सामग्रीमधेशका मुख्यमन्त्रीलाई दोस्रो पटक सिंगो सदनको विश्वास
यसपछिको सामग्रीचिडियादहमा सरसफाई कार्य सम्पन्न