रौतहट — रौतहटको चन्द्रपुरस्थित विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारी ४१ वर्षीय गोपालकुमार यादवको ट्य्राक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार राति मोटरसाइकल चढी सर्लाहीस्थित घर जाँदै गरेको अवस्थामा उनको मोटरसाइकललाई ना २ त २९८३ नम्बरको ट्य्राक्टरले ठक्कर दिएको थियो ।
प्रदेश २०३०२० प २१९४ नम्बरको मोटरसाइकलमा सवार यादव पूर्वपश्चिम राजमार्गको चा“दी–वाग्मती खण्डको लच्का नजिकै दुर्घटनामा परेका हुन् ।
इलाका प्रहरी चन्द्रनिगाहपुरले दुईवटा ट्य्राक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार ट्याक्टरको ठक्करपछि सडकमा बजारिएका यादवलाई सोही क्रममा पूर्वबाट पश्चिमतर्फ आउ“दै गरेको प्रदेश २०३००१ त ५९७९ नम्बरको अर्को ट्याक्टरले कुल्चिएर यादवको मृत्यु भएको थियो ।
घटनास्थल पुगेको प्रहरीले दुबै ट्याक्टरका चालक सञ्जिव सहनी र लोकेन्द्रनाथ चौधरीलाई हिरासतमा लिई सोमबार सवारी ज्यान अन्तर्गत मुद्दा चलाएको जनायो । सहनीले ट्याक्टर बिग्रिएर सडकमा रोकिराखेको बताएका थिए ।तर घटनास्थल पुगेको प्रहरीले ट्याक्टर चलाएरै कार्यालय ल्याएको छ । राति तीव्र गतिको हावाहुरी र वर्षाका बेला दुर्घटना भएको हो । मृतक यादव प्राधिकरण चन्द्रनिगाहपुर शाखामा मिटर रिडर पदमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।
अपराध सवारी दुर्घटनामा प्राधिकरणको कर्मचारीको ज्यान गयो