गौर: रौतहटको एक नगर प्रमुखले करोडौँ रुपैया पर्ने जमिन नगरपालिका कार्यालय भवन निर्माणका लागि निशुल्क उपलब्ध गराएका छन् । माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिकाको कार्यालय भवन निर्माणको लागि आफ्नो निजी पाँच कट्ठा जमिन नगरपालिकालाई उपलब्ध गराएका छन्।
नगरपालिकाको केन्द्र रहेको माधोपुर बजारनजिक मुख्य सडकसँगै रहेको पाँच कट्ठा जमिन नगरपालिकाको नाममा पास गरिदिएका छन् । नगरपालिकालाई पास गरिएको जमिनको मूल्य करिब पाँच करोड हुने अनुमान गरिएको छ।
गत वर्ष निर्वाचनको समयमा यादवले माधव नारायण नगरपालिकाको आफ्नै भवन हुने प्रतिबद्धता जनाएका थिए।सोहीबमोजिम नगर प्रमुख यादवले वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकी र रामजानकी मठसँगैको जमिन नगरपालिकालाई उपलब्ध गराएका छन् ।नगरपालिकाको नाममा जमिन हस्तान्तरण भएसँगै नगर प्रमुख यादवले नगरपालिकाको भवन चाँडै निर्माण गरिने पनि बताएका छन् ।

अघिल्लो सामग्रीनव नियुक्त भौतिक पुर्वाधार बिकाश मन्त्री यादबलाइ चन्द्रनिगाहपुरमा भब्य स्वागत (भिडियो सहित)
यसपछिको सामग्रीकुमारी बैक यमुनामाई शाखाको एटिएम सेवा सुरु