चन्द्रपुरः चिडियादह स्टार क्लबको नया कार्य समिती चयन भएको छ। शनिबार बसेको आम भेलाले पुराना अध्यक्ष पदको रजिनामालाई स्वीकृत गरि नया कार्यसमिति चयन भएको हो। नया कार्यसमिति को लागि अध्यक्षमा वन्ती कुमार पाण्डे(सुरज) सहित १० जनाको कार्यसमिति चयन भएका छन।आम भेलाले अध्यक्ष मा बन्ती कुमार पाण्डे (सुरज),उपाध्यक्षमा नवराज खत्री,सचीवमा आशिष लामा र कोषाध्यक्षमादेबि प्रसाद पौडेल (भरत) लाई चयन गरेको छ। यस्तै सदस्यहरुमा भोजराज घिमिरे,सुदिप खत्री, सुरेश पौडेल ,बिजिता बि.क ,सबिना बि.क, चुनु बि.क र ईन्द्र बहादुर कार्की लाई चयन गरिएको छ। यस्तै चिडियादह स्टार क्लबले नया अध्यक्षको रुपमा वन्ति कुमार पाण्डेको नेतृत्व पाए संगै अबको दिनमा क्लबले गति लिने र नविन कार्य गर्दै जाने बिश्वास लिईएको छ ।

अघिल्लो सामग्रीकथाकार कार्कीको कथा संग्रह ‘चौध भुवन’ सार्वजनिक
यसपछिको सामग्रीरौतहटमा मौसम बदली, कतै हावाहुरी र कतै वर्षा