रौतहट, १५ बैशाख रौतहटको बृन्दावन नगरपालिकामा दलित सामुदायिक भवनको शिलान्यास गरिएको छ । बृन्दावन नगरपालिका वडा नम्बर ८ बहुवरी टोलमा बिहीबार एक कार्यक्रम बिच दलित सामुदायिक भवनको शिलान्यास गरिएको हो ।
समाजलाई एकढिका बाध्न चौतर्फी विकास कार्यलाई मुल्यांकन गरि भौतिक संरचना निर्माण सहित धमाधम भौतिक संरचना अगाडि बढिरहेको छ ।
बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले वडा नं. ८ बहुवरीमा ३० लाखको लगानीमा निर्माण हुने सामुदायिक भवन शिलान्यास गरेका हुन । समय अवधि भित्र निर्माण कार्य सम्पन गर्ने गरि शिलान्यास कार्य गरिएको मेयर कुर्मीले जानकारी दिए । मेयर कुर्मीले सामुदायिक भवन बनेपछि त्यस घना दलित बस्तीमा विवाह, ब्रतबन्ध, उत्सवमा वा कुनै कार्य गर्न भवनको अभाव भईरहेको महसुस गरी सामुदायिक भवन निर्माण गर्न लागेको उनले बताए ।
आवरण मेयर कुर्मीले गरे दलित सामुदायिक भवनको शिलान्यास