रौतहट— निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको छ ।
आयोगले आइतबार बारा जिल्ला क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना कार्य गरेको र त्यो कार्य निर्वाचन आचारसंहिता विपरीत हुने गरी के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनेर स्पष्टीकरण सोधेको हो । आयोगले त्यहाँ जानुको कारण खुलाउन भनेको छ । तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा ब्यवस्था सरकारी हो,होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन ? आयोगले भनेको छ, निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने ?

आयोगका उपसचिव कमल ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार यादवलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।कान्तिपुर बाट

अघिल्लो सामग्रीआज बाट ओपन नकआउट फुटबल प्रतियोगीता हुने
यसपछिको सामग्रीओपन नकआउट फुटबल प्रतियोगीता सुरु,पहिलो खेलमा राजपैडा बिजयी