रौतहट: गरुडा नगरपालिकाका महिला जनप्रतिनिधिहरुको ४ दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
माण्डवी सँस्थाको आयोजानामा तथा आइएफइएस को प्राविधिक सहयोगमा सचालित शी लिडस् परियोजना अन्तर्गत गरुडा नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक क्षमतामा विकासका लागि चौथो मोडयूलको ४ दिने प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको हो ।
माण्डवी सँस्थाले विगत वर्ष देखि निर्वाचित महिलाहरुको क्षमता विकास सम्बन्धि विभिन्न मोडयूलका प्रशिक्षणहरु दिदै आईरहेको छ । चौथो मोडयूलको प्रशिक्षण कार्यक्रम गरुडा नपाका १८ जना निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता थियो ।
प्रशिक्षण कार्यक्रम आफ्नो व्यक्तिगत उत्थानशीलता,बजेट निर्माण प्रकृया ,योजना तर्जुमाका प्रकृयाहरु,वार्ताका अवस्थाहरु तथा वार्ताका तरिकाहरु लगायत पैरवीका अवस्था तथा पैरवीका तरिकाहरुका बारे जानकारी र शक्ति सम्बन्धि जानकारी तथा प्रशिक्षण समेत गरिएको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिए ।
सो प्रशिक्षण कार्यक्रमबाट आफुहरुले सिकेका ज्ञानहरुलाई व्यवहारमा लागु गरी आफ्ना वडाको विकास गर्ने सहभागिहरुले जानकारी गराए । प्रशिक्षण कार्यक्रम चैत्र १६ गते देखि १९ गते सम्म संचालन भएको थियो।

अघिल्लो सामग्रीरौतहटमा मोटर साइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते
यसपछिको सामग्रीचन्द्रपुर नगरपालिका द्धारा युबाहरुका लागि ड्राईभिङ्ग तालिम