चन्द्रपुरः चन्द्रपुर नगरपालिकामा आइतबार बाट ओपन नकआउट फुटबल प्रतियोगीता सुरु भएको छ । चन्द्रपुर ६ स्थित हातेमालो स्व.शेरबहादुर खेल मैदानमा चन्द्रपुर नगरपालिका वडा नं ५ र ६ का अध्यक्षद्धय निलहरि कोइराला र सहदेव केसि ले रेफ्रीलाई वल हस्तान्तरण गरेर प्रतियोगिता को उद्घाटन गर्नु भएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी चन्द्रपुर नगरपालिका वार्ड न ६ का अध्यक्ष शहदेव के.सि ले फुटबल खेललाई ब्यवसायिक रुपमा अघि बढाउनु पर्ने बताए। महिला हरुको उर्बर भुमिको रुपमा देश बिदेश मा पहिचान बनाउन सफल रहेको यथार्थलाई स्मरण गर्दै पुरुष खेलाडी उत्पादन गर्न पनि सवै निकाएले हातेमालो गर्नु पर्ने बाताए । छिमेकी जिल्ला को बागमती न.पा ले खेलाडी र खेलकुद मा लगानी गरेको हुदा उक्त पालिकाले छुट्टै पहिचान बनाउन सफल भएको छ।तेसैगरि आफू र आफ्नो वडा सहित नगरपालिका नै खेलकुद बिकास र खेलाडी उत्पादन गर्न जोड दिने बताए।

यस्तै प्रतियोगीताका बिशिस्ट अतिथि वार्ड नं ५ का अध्यक्ष निलहरी कोईरालाले यस्ता किसिमकf प्रतियोगितालाई निरन्तरता दिनु पर्ने बताए। खेलकुद ले शारीरिक तन्दुरुस्ता संगै मानसिक रुपमा पनि स्वस्थ्य बनाउने हुदा फुटबल सहित अन्य खेलकुदलाई पनि एक किसिमको तालिका बानाएर प्रतियोगिता गर्न आग्रह गर्दै प्रतियोगिता सफलताको कामना गर्न भयो।यस्तै शुभकामना मन्तव्य राख्नु हुदै अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका अध्यक्ष नेपाल कार्कीले अनुशासित र मर्यादित भइ प्रतियोगिता सम्पन्न गर्न आग्रह गर्नु भयो। उद्घाटन कार्यक्रममा रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी,युवा ब्यवसायी अरुण लामा,चन्द्रपुर न.पा ६ का वडा सदस्य शनि राउत,काङ्ग्रेस नेता वन्ती कुमार पाण्डे,ने.बि संघ रौतहट का अध्यक्ष अधिकार लामिछाने सञ्चारकर्मी सागर हुमागाई लगाएत को उपस्थिति रहेको थियो। यस्तै बिच आइतबार भएको पहिलो खेलमा रजपैडा युवा कल्ब बिजयि भएको छ । निर्धारित समय मा चपुर ब्वाइज एफ सि र राजपैडा युवा कल्ब बिच भएको खेलमा कुनै क्लबले गोल गर्न नसके पछि ट्राइबेकरमा राजपैडा युवा कल्ब बिजयी भएको हो । खेलको म्यान अफ द म्याच राजपैडा युवा कल्ब का गोल रक्षक बिशाल चौधरीलाई हस्ताणतरण गरीएको आयोजकले जानकारी दिएको छ ।।

अघिल्लो सामग्रीमधेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो स्पष्टीकरण
यसपछिको सामग्रीओपन नकआउट फुटबल प्रतियोगीता: पहिलो खेलमा चिडियादह र दोश्रो खेलमा यौङ स्टार बिजयी