चन्द्रनिगाहपुर–रौतहटका युवा व्यवसायी एवं समाजसेवी नर बहादुर बोगटी (राजन) राम जानकी मन्दिर क्षेत्र विकास समितिको अध्यक्ष पदमा चयन भएका छन् ।
शनिबार जानकी मन्दिर क्षेत्र विकास समितिको तेस्रो साधारण सभाबाट रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र ६ शान्तिनगर स्थित राम जानकी मन्दिर क्षेत्र बिकास समितिको अध्यक्ष पदमा बोगटी चयन भएका हुन् ।तेसै गरी धार्मिक उपाध्क्षमा बलराम केसी,सामाजिक उपाध्यक्षमा मान बहादुर खड्का,कोषाध्क्षमा सरिता पाण्डे,सचिवमा राजकुमार बजगाई,सह–सचिवमा खगेन्द्र न्यौपाने,सदस्यहरुमा क्रमस बाबुराम न्यौपाने,बद्री महत,सरिता आचार्य,अन्जु भट्राई,पुष्प राई,दिपा सिटौला,पुरषोत्तम दाहाल,जंग बहादुर घलान र अमृता बि.क चयन भएका छन् ।
तेसगरी सल्लाहकारहरुमा डिम कुमार दुलाल,चन्द्रपुर वडा नम्बर ६ का वडा अध्यक्ष सहदेव केसी,वडा नम्बर ४ का वडा अध्यक्ष रवि राना मगर,शिव कोईराला,बिनोद सिटौला,हातेमालो सामुदायिक वनका अध्यक्ष रामलाल ठोकर,नारायण न्यौपाने,राम बहादुर घलान,रधुनाथ खुलाल,खडानन्द काफ्ले चयन भएका हुन्।