चन्द्रपुर । नेपाल बिद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पसको इकाई सभापतिमा भिमराज अधिकारी(सुशील)चयन भएका छन । बुधबार नेबि संघ रौतहट जिल्लाको आयोजनामा भएको इकाई सभापति चयन प्रक्रियामा अधिकारी निर्बिरोध चयन भएका हुन ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य तथा मधेस प्रदेश सदस्य सुर्य थापा,नगर सभापति मुकेश गीरी, महासमीती सदस्यहरु नवराज देबकोटा , देबराज कार्की , माहाधिबेन प्रतिनिधि सुबास कोइराला, वडा अध्यक्ष ५ निलहरी कोइराला ,जिल्ला सदस्य श्यामहरी चौलागाईं , पुर्व इकाई अध्यक्ष सुमन गौतम स्वबियु सभापति सगम श्रेष्ठ लगायत विद्यार्थी साथीहरूको उपस्थिती रहेको नेबि संघ जिल्ला अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए ।

अघिल्लो सामग्रीचन्द्रोदय साकोसको सहयोगमा बिश्रामस्थल निर्माण
यसपछिको सामग्रीआउने छ ।