रौतहट — रौतहटको चन्द्रपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली कांग्रेसनिकट नेविसंघका संगम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ १ हजार ३ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशिलका राधेश्याम बैठाले १ सय ६५ मत प्राप्त गरेका छन् । उक्त क्याम्पसमा नेविसंघको प्यानल नै विजयी भएको हो । श्रेष्ठ दोस्रो कार्यकालका लागि चुनिएका छन् । राति अबेरसम्म मतगणना भएको थियो ।स्ववियु निर्वाचनमा सचिवमा नेविसंघकै मोहम्मद नौसाद आलम ९ सय ६१ मत ल्याई विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकै संगीताकुमारी चौधरीले ९ सय ५२ मत ल्याई विजयी भइन् ।

जिल्लाको एकमात्र स्वतन्त्र विद्यार्थी युनियनको मान्यता पाएको जनज्योति बहुमुखी क्याम्पसमा सभापति पदमा नेविसंघका श्रेष्ठ, समाजवादीका आशिष लामा र प्रगतिशीलको तर्फबाट बैठा चुनावी मैदानमा थिए ।लामाले ७५ मतमात्र पाए । निर्वाचन समितिका अनुसार कूल मतदाताको ६४८ प्रतिशत अर्थात् १ हजार ३ सय ६ मत खसेको छ । समितिका अनुसार नेविसंघको प्यानलले जित हासिल गरेको छ ।

अघिल्लो सामग्रीचन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि बिरगंज युनाइटेड क्लबलाई
यसपछिको सामग्रीरौतहटमा मोटर साइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते