चन्द्रपुर:जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको लागि सभापति पदमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट सभापति पदका उम्मेदवार संगम श्रेष्ठलाई निकै वलिया उम्मेदवारको रुपमा हेरिएको छ । वि.स. २०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा विजयी भएका श्रेष्ठ आफ्नो दोस्रो कार्यकालको लागि चुनावी मैदानमा छन् । आफु निर्वाचित भए देखिनै बिध्यार्थी हरुमाझ रहेर काम गरेकाले यसपालि पनि बिजयी आफ्नो मुठ्ठिमा रहेको उनले बताएका छन् । हाम्रा सम्पुर्ण उम्मेदवारनै बिध्यार्थी माझ रहेर काम गर्न योग्य रहेकाले यस्पालि हुने निर्वाचनमा पनि आफ्नो प्यानलनै बिजयी हुने श्रेष्ठले दावी गरेका छन् । उनले भने हामीले समावेशी रुपमा उम्मेदवार खडा गरेका छौ,भौगोलिकता,जातियता समाबेशि र बिध्यार्थीका नेता बिध्यार्थी माझनै रहने किसिमको उम्मेदवार भएका कारण यसपालि पनि नेविसंघ तर्फका सम्पुर्ण उम्मेदवार नै बिजयी हुनेमा उनले जिकिर गरे ।
विद्यार्थीको बिचमा बसेर विद्यार्थीको दुखसुखमासाथ दिने विद्यार्थी नेतृत्व स्थापनाको लागिआफुले उम्मेदवारी दिएको उनको भनाई छ । विद्यार्थीका हक अधिकारका निम्ति निरन्तर लड्ने सङ्कल्पसहित अघिल्ला कार्यकालमा सुरु गरेका तर पूरा भैनसकेका विभिन्न महत्वपुर्ण कामहरु पूरा गर्न मेरो उम्मेदवारी हो। हामीले पछिल्लो डेढ दशकदेखि विद्यार्थीको बिचमा बसेर गरेको विद्यार्थीका कामहरु हामीले गरेका शैक्षिक सुधारहरु, हामिले गरेका भौतिक विकाशहरु र विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी साथीहरुको हामीप्रतिको विश्वास र भरोसा नै हाम्रो जित्ने महत्वपूर्ण आधार रहेको श्रेष्ठ बताउछन् ।

यस्तै नेबि संघ बाट सचिव पदका लागी मो. नौसाद आलम चुनावी मैदानमो होमिएका छन् । स्वच्छ छवि र बिध्यार्थी माझ लोकप्रिय रहेका कारण आफु सहित प्यानलनै बिजयी हुने मा कुनै दुई मत नरहेको बताए । सभापति पदका उम्मेदवार रहेका संगम श्रेष्ठ कै नेतृत्वमा हामीले अनवरता बिध्यार्थीको दुखसुखमा रहेर काम गरेका कारण आफुहरुको बिजयी निश्चित रहेको बताए । उनले घरदैलोको क्रममा विद्यार्थीहरुबाट नभइ उनीहरुको अभिभावकहरुबाट पनि एकदमै राम्रो प्रतिक्रिया पाएको बताउँदै यसपटकको निर्वाचनमा जनज्योतिमा नेविसंघको प्यानलनै जित्ने दावी गरे । आफुहरु क्याम्पस भित्र र बाहिर निरन्तर विद्यार्थीहरुको हकहित तथा अधिकारको लागि निरन्तर लागिरहेकाले आफुहरुको जित निश्चित भएको आलमले बताए ।उनले घरदैलोको क्रममा विद्यार्थीहरुबाट नभइ उनीहरुको अभिभावकहरुबाट पनि एकदमै राम्रो प्रतिक्रिया पाएको बताउँदै यसपटकको निर्वाचनमा जनज्योतिमा नेविसंघको प्यानलनै जित्ने दावी गरे ।यस्तै नेबि संघ तर्फ बाट कोषाध्यक्ष पदका लागी संगिता कुमारी चौधरीको उम्मेदवार रहेकी छिन । सम्रग छात्राहरुको प्रतिनिध्तव गर्दै आफुहरुले उम्मेदवारी दिएको चौधरीले बताईन। आफु महिला उम्मेदवार भए पनि महिला पनि नेतृत्व तहमा रहनुपर्छ भन्ने मान्यता रहेको ले सम्पुर्ण बिध्यार्थीहरुले आफु सहितका प्यानललाईनै मतदान गर्नेमा बिश्वस्त रहेको बताईन् ।
पछिल्लो १ महिनादेखि मात्रै चुनाव लागेको होइन हामी निरन्तर विद्यार्थीको बिचमा नै छौँ । विद्यार्थीका हरेक दुखसुखमा साथमा छौँ । चौधरीले भनिन हामीलाई कुनै दवाव छैन् , जित्ने आत्मविश्वास छ ।

ने.बि संघको तर्फबाट सभापतिमा संगम श्रेष्ठ, कोषाध्यक्षमा संगिता कुमारी चौधरी, सचिवमा मो.नौसाद आलम सदस्यहरुमा क्रमश बिकल कार्की, कृति घिमिरे, शैलेश कुमार पासवान, समिर प्रसाद दाहाल, राकेश कुमार साह, बिशाल चौधरी, जय प्रकाश बैठाको उम्मेदवारी रहेको छ भने सामानुपातिक तर्फ क्रमश सन्दिप मैनाली,कृपा सापकोटा,सुनिल राय यादव,सम्झना कुमारी चौधरी, पवन कुमार साह,अमिसा दाहाल,प्रतिश चौलागाई,प्रकाश तिमल्सिना,अर्जुन ठाकुर र राजन कुमार साह रहेका नेबि संघ रौतहटले जानकारी दिएको छ ।

अघिल्लो सामग्रीबैवाहिक बार्षिक उत्सवको अवसरमा पुरी दम्पतीले गरे मानव सेवा आश्रममा भोजन सेवा
यसपछिको सामग्रीचन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि बिरगंज युनाइटेड क्लबलाई