रौतहट । जिल्ला कारागार रौतहटबाट ११ जना कैदीबन्दी मुक्त भएका छन् ।
७३ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय माफी दिएपछि उनीहरू आइतबार कारागार मुक्त भएका हुन् ।
कारागार मुक्त हुनेमा सवारी ज्यान मुद्दाका ८, खोटा चलनका २ र मोटरसाइकल चोरी मुद्दाका एक जना गरी ११ जना रहेको गौर कारागारका जेलर शम्भु यादवले बताए ।

अघिल्लो सामग्रीचिर्पटले हानेर छोराले गरे बुबाको हत्या
यसपछिको सामग्रीराष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिने