चन्द्रपुर–जिल्लाको बिभिन्न पालीकाहरुमा हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु भएको छ । रौतहटको चन्द्रपुर,राजपुर,गुजरा लगाएत पालिकाहरुमा हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु भएको छ । चन्द्रपुर नगरपालिकामा पनि हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु गरेको छ ।
बिहिबार चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको १० वटै वडा कार्यालयबाट हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु भएको चन्द्रपुर नगरपालिकाले जानकारी दिउको छ । सो अभियान फाल्गुन ११ गते देखि २ हप्ता सम्म निरन्तर चल्ने चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मातृका चालिसेले जानकारी दिएका छन् ।

चन्द्रपुर नगरपालिकाको नगर प्रमुख संजय कुमार काफ्लेको सक्रियताका सो अभियान सुरु गरिएको छ । नगरप्रमुख काफ्लले नगरभरिकै सम्पुर्ण व्यक्तिलाई हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन गर्न आग्रह समेत गरेका छन् ।यस्तै गुजरा नगरपालिकाको पनि सम्पुर्ण वडाहरुमा पनि हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु भएको गुजरा नगरपालिकाका स्वस्थय शाखा का सह संयोजक धिरेन्द्र पासवानले जानकारी दिए ।

अघिल्लो सामग्रीवन कार्यालय रौतहटद्धारा संचारकर्मिहरुसंग अन्तरक्रिया सम्पन्न(भिडियो)
यसपछिको सामग्रीचन्द्रोदय साकोसको सहयोगमा बिश्रामस्थल निर्माण