चन्द्रपुरः लागुऔषध बिरुद्ध चन्द्रपुरमा सचेतनामुल्क कार्यक्रम सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेका माध्यमिक बिध्यालयहरुमा कक्षा ८,९ र १० मा अध्यनरत बिध्यार्थीहरुका निम्ती सचेतना कार्यक्रम गरीएको हो ।
चन्द्रपुर नगरपालिकाको सहयोग र उज्वल भविष्य फाउन्डेसकको आयोजनमा करीब २१०० बिध्यार्थीहरुलाई समाजमा बढ्दो लागुऔषध सम्बन्धी समस्या,रोकथाम र नियन्त्रणको बारेको सचेत गराईएको उज्वल भविष्य फाउन्डेसकको अध्यक्ष सन्दिप रुम्बाले जानकारी दिए । चन्द्रपुर नगरपालिका भित्रका श्री जन ज्योती मा.वि चन्द्रनिगाहपुर,श्री दुर्गा मा.वि ठाडाटोल , श्री बागमती मा.वि बागमती,श्री जनशत्ति मा.वि गैडाटार,श्री शुभलाल मा.वि सन्तपुर,श्रीमाध्यमिक बिध्यालय जुडिबेला, श्री कालिका मा.वि बनवहुअरी र श्री जन जागृति मा.वि सिन्दुरेघारी मा कार्यक्रम सम्पन्न भएको अध्यक्ष रुम्बाले जानकारी दिए ।
लागुऔषध बिरुद्धसचेत कार्यक्रम गरेकोमा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेले धन्यवाद ज्ञापन गरेका छन् ।यस्ता कार्यक्रमले बढ्दो लागुऔषध सेवनमा कमी आउने र बिध्यार्थी भाई बहिनिहरु कुलत बाट जोगिन सांवधानी अपनाउन र सचेन रहन समेत नगर प्रमुख काफ्लेले आग्रह गरेका छन् ।
लागुऔषध बिरुद्धसचेतना कार्यक्रममा सहभागी बिध्यार्थीहरुलाई कापि,कलम र दिवा खाजाका पनि ब्यवस्था गरीएको थियो ।