चन्द्रपुर, १६ माघ जिल्लाको चन्द्रपुर नगरपालिकाको आव २०७९/०८० को अर्धवार्षिक आर्थिक तथा भौतिक प्रगतिको समिक्षा सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिकाका सम्पूर्ण कार्यपालिका सदस्यहरु बिच – २०७९/०८० को पौष मसान्तसम्मको अर्धवार्षिक समिक्षा सम्पन्न भएको हो ।
नगरपालिकाको आन्तरिक श्रोत तर्फ र १९ करोड वार्षिक आम्दानी हुने अनुमान गरिएकोमा २०७९ पौष मसान्तसम्म १९ करोड ४६ लाख आन्तरिक आम्दानी भइ कुल अनुमानको १०२.४२ प्रतिशत प्रगति भएको छ ।
त्यसै गरि खर्च तर्फ चालु खर्च रु १५ करोड ६९ लाख, पुजिगत खर्च १ अर्ब १६ करोड गरि जम्मा १ अर्ब ३२ • करोड बजेट प्रस्तावित भएकोमा चालु कफ रु ५ करोड ८० लाख र पुजिगत तर्फ तर्फ ५८ करोड २४ लाख खर्च भइ कुल चालु खर्च ३६.९७ प्रतिशत र पुजिगत तर्फ ४९.८६ प्रतिशत खर्च भइ कुल बजेटको ४८.३४ प्रतिशत वितिय प्रगति भएको छ ।
चालु आवको अर्धवार्षिक पौष मसान्तसम्म कुल बजेटको ४९.८६ प्रतिशत खर्च हुनु र कुल बजेटको ४८.३४ प्रतिशत वितिय प्रगति हुनु अत्यन्त संतोषजनक भएको चन्द्रपुर नगरपालिकाका प्रमुख. प्रशासकीय अधिकृत हरि लाल पुरीले बताए ।
त्यसैगरी भौतिक प्रगति तर्फ कुल योजना संख्या १ सय१५ ओटा भएकोमा ६२ वटा योजनाको सर्भे, डिजाइन र स्टिमेट भइ सम्झौता भएको हुदा कुल योजनाको ५३.९ प्रतिशत भौतिक प्रगति भएको समेत योजना महाशाखा प्रमुख इन्जिनियर महेश बोहराले बताए ।
आवरण चन्द्रपुर न.पाको अर्धवार्षिक प्रगतीको समीक्षा बैठक सम्पन्न