रौतहट,०४ माघ
रौतहटका होटल तथा पर्यटन ब्यबसायी हरुको बिशेष भेला सम्पन्न भएको छ । बुधवार चन्द्रपुर स्थित होटल तराई इनमा भेला सम्पन्न भएको छ । होटल तथा पर्यटन ब्यबसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमको प्रमुख आतिथ्यता महासंघका संरक्षक सल्लाहकार युवराज लामा, बरिष्ठ उपाध्यक्ष उदय सापकोटा, महासचिव मोहन शर्मा र HAN मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान को विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो । रौतहटका होटल तथा पर्यटन ब्यबसायी हरुको विशेष भेला बाट होटल तथा पर्यटन ब्यबसायी संघ रौतहटको अध्यक्षमा शिवराम राउत सर्वसम्मत निर्वाचित भएका छन् । राउत होटल आरोही र होटल पशुपतीका संचालक समेत हुन । त्यस्तै वरिष्ठ उपाध्यक्षमा होटल ए एन प्लाजाका संचालक अरविन्द चौधरी, उपाध्यक्षमा सगुन बेकरीका संचालक अमर श्रेष्ठ, महासचिवमा होटल हाईवे हेवनका संचालक मदन तिमल्सिना, सचिबमा होटल होलिडे ईनका संचालक यज्ञ थापा र कोषाध्यक्षमा गंगा स्टाप होटलका संचालिका गंगा खड्का सर्वसम्मत निर्वाचितभएका छन् ।
संघका निवर्तमान अध्यक्ष अरुण लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यबसायी हरुले भोग्नु परेका समस्या हरुको बारेमा गुनासो राखेका थिए । प्रमुख अतिथी हिरालाल गौतमले जिल्लाका साथी हरु राम्रो संग संगठित भएर कार्य गर्दै अघि बढ्न र ब्यवसायीहरुको हरेक समस्या समाधानको लागी प्रदेश महासंघ हातेमालो गर्न सदैव तयार रहेको बताएका छन् । यहाँका होटल तथा पर्यटन ब्यबसायी हरुलाई आफ्नो ब्यबसाय ब्यवस्थित ढंगले संचालन गर्न आबश्यक तालिम एवं सहकार्यको लागि महसंघ तयार रहेको बताए । यस्तै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव समेत रहेका वरिष्ठ चलचित्र एवं पर्यटन कर्मि यूवराज लामाले गहकिलो मन्तब्य राखेका थिए । संगठनको महत्व बारे बताउनुहुदै महासंघका महासचिव मोहन शर्माले ब्यबसायी हरुलाई उत्साहित बनाएका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष उदय सापकोटाले माहसंघमा रौतहट संघको ठूलो महत्व रहेको कुरा दर्शाए । संगठनको शक्ति हामी ब्यबसायीले पहिचान गर्न सके हामी भन्दा बलियो कोहि छैन भन्दै HAN मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष मोहन प्रधानले उपस्थित सबैलाई जागरुक गराएका थिए। उक्त भेलाले संघका निवर्तमान अध्यक्ष अरुण लामा लाई बिशेष धन्यवाद दिदै संघको संरक्षक सल्लाहकारमा होटल ब्यबसायी संघ रौतहटका संस्थापक अध्यक्ष उदय सापकोटा, रौतहटको पहिचानको रुपमा स्थापित होटल तराई ईन र गौतम होटल चपुर लाई सर्वसम्मत चयन गरेको छ ।