चन्द्रपुर १० स्थित खौराहाम निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गर्नु हुदै रौतहट क्षेत्र न४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना । तस्बिर मा.देव प्रसाद तिमल्सिनाको सचिवालय

रौतहट:रौतहट को क्षेत्र नं ४ मा सामुदायिक भवनको शिलान्यास गरीएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वार्ड नं १० स्थित खौराहामा निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास सासद .देव प्रसाद तिमल्सिनाले गरेका छन् । तराई मधेस समृद्धी बिकास नेपाल बाट सासद तिमल्सिनाको पहलमा आएको ३०,००,०००(तीस लाख) बराबरको रकम बाट निर्माण हुन लगेको सामुदायिक भवनको शिलान्यास बुधबार एक कार्यक्रम बिच गरीएको नेपाली कांग्रेसका नेता मुकेश गीरीले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा चन्द्रपुर न.पा १० नं वडाका पुर्ब अध्यक्ष जयराम चौधरी,नेपाली कांग्रेसका चन्द्रपुर नगर सचिव गणेश चौलागाई,कांग्रेस नेता कृष्ण प्रसाद लामीछाने,पुजन सत्याल लगाएत स्थानियको उपस्थित रहेको थियो ।

अघिल्लो सामग्रीपल शाहले पाए सफाइ, तर जेलबाट नछुट्ने
यसपछिको सामग्रीहोटल तथा पर्यटन ब्यवसायी संघ रौतहटको भेला सम्पन्न,अध्यक्षमा राउत सर्वसम्मत चयन