काठमाडौँ — पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार ४ जनाको खोजी कार्य जारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धारमा खटिएका अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकरीले चार जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर सेती नदीमा परिचालन गरेका छन्दुर्घटनामा परेका ६८ जनाको शव संकलन गरिसकिएको छ । यति एयरलाइन्सले पनि ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनामा परेका अन्य चार जनाको खोजी भइरहेको छ ।खोज तथा उद्धार समन्वयन केन्द्रले शव प्राप्त भएकामध्ये १२ जनाको सनाखत गरिएको जानकारी दिएको छ । बाँकीको पनि सनाखत प्रक्रिया जारी रहेको बताइएको छ ।

अघिल्लो सामग्रीअङ्ग्रेजी नयाँ बर्षको अवसरमा चन्द्रपुरमा जनचेतना सहितको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न
यसपछिको सामग्रीयती विमान दुर्घटनामा मृत्यु हुनेहरूको सम्झनामा चन्द्रनिगाहपुरमा दीप प्रज्वलन