गुजरा:रौतहटको गुजरा नगरपालिका वडा नं. ४ को जन ज्योति प्राथमिक विद्यालय पोखरभिण्डामा दुई कोठे भवन शिलान्यास गरेका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिने भवनको आइतवार नगर प्रमुख सन्तलाल चौधरले शिलान्यास गरेका छन् । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुने बताइएको छ । गुजरा नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ । शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद जयसवाल,शिक्षा प्रमुख शिवमंगल शाह,वडाध्यक्ष झमक चौलागाई,प्रधानाध्यापक सोहन चौधरी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चौधरी लगायत शिक्षक– शिक्षिका, छात्रछात्रा,स्थानीयको उपस्थिति रहेको थियो ।
आवरण गुजरामा मेयर चौधरीद्वारा भवनको शिलान्यास