रौतहट,२२ मंसिर नेपाली काङ्ग्रेस का क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य माननीय देव प्रसाद तिमल्सिनाले समनपुर बागमति पुल देखि समनपुर जाने सडकको शिलान्यास गर्नुभएको छ। बिहीबार गढीमाई नगरपालिकाको समनपुर आयोजित कार्यक्रममा उहाँले रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को समनपुर सडकको शिलान्यास गर्नुभएको हो।

२५ करोड लगानीमा बन्न लागेको सो सडकको निर्माणकार्य बिहिवारबाट सुरु भएको हो। रौतहटको गढीमाई नगरपालिका समनपुर सडकको कालोपत्र हुनेछ।
सगुन निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो सडक असफाल्ट र डिबिएम प्रविधिको कालोपत्रे हुनेछन्। सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, सो नगरपालिकाको वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, र रामपुकार यादवको उपस्थिति थियो। यसैगरी, सो अवसरमा गढीमाई नगरपालिकाको राजनीतिक दलका प्रतिनिधि तथा अन्य महानुभावको उपस्थिति रहेका थिए।
कार्यक्रम गढीमाई नगरपालिका वडा नम्बर १ र २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ, रामपुकार यादवको सभापतित्वमा भएको थियो।

अघिल्लो सामग्रीआज बाट जेसिज सप्ताह सुरु
यसपछिको सामग्रीजेसीज सप्ताह:फुटबल प्रतियोगितामा चपुर बैकर्स बिजयी