रौतहट– रौतहटको चन्द्रनिगापुर–गौर सडक खण्डको बिर्ता चोकदेखि भुसाहा सम्मको कालोपत्रे सडक निर्माणको लागि शिलान्यास गरिएको छ ।
सोमबार नवनिर्बाचित प्रतिनिधि सभा सदस्य एवं बिकास प्रेमी नेता माननीय देव प्रसाद तिमिल्सिनाले बिर्ता चोक देखि भुसाहा सम्मको कालोपत्रे सडक निर्माणको लागि शिलान्यास गरिएको हो। रणनीति सडक अन्तर्गत माननीय तिमिल्सिनाको संसद कोषको ५ करोडको रकमबाट बिर्ता चोक देखि भुसाहा सम्मको २.५ किलोमिटर कालोपत्र सडक निर्माण हुन लागेको नेपाली कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरिले जानकारी दिएका छन् ।
आवरण माननीय तिमिल्सिनाले गरे बिर्ता देखि भुसाहा सम्मको कलोपत्रे सडक निर्माणको शिलान्यास