रौतहट:जनमत पार्टीका अध्यक्ष सिके राउत र नेता प्रभु साहबीच भेटवार्ता भएको छ।
रौतहट-३ बाट निर्वाचित साह र सप्तरी-२ बाट निर्वाचित राउतबीच आइतबार भेटवार्ता भएको हो।साहले सामाजिक सञ्जालमार्फत् भेट भएको जानकारी गराएका छन्। आफूहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको उनले उल्लेख गरेका छन्। साहले एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा लडेका थिए। उनलाई गठबन्धनको सहयोग थियो।

अघिल्लो सामग्रीचौकको आफूखुशी नाम नराख्न गौर नगरपालिकाको आग्रह
यसपछिको सामग्रीपोर्चुगलले ट्रफी उचालेको हेर्ने इच्छा छ