रौतहटः नेपाली कांगे्रसको भ्रातृ संगठन नेपाल बिध्यार्थी संघ रौतहटको अध्यक्ष पदमा कांगे्रस नेता अधिकार लामिछानेलाई जिम्मेवारी दिईएको छ ।
नेपाल बिध्यार्थी संघ रौतहटको अध्यक्ष पद रित्त भएको र ३२ वर्ष उमेर हद पनि आकर्षित भएकाले नेपाल बिध्यार्थी संघको विधान २०२७ को छैटौँ संसोधन २०७५ बमोजिम तिन महिना भित्र जिल्ला अधिवेशन गर्नेगरी अधिकार लामीछानेलाई ने.बि संघ रौतहट जिल्ला अध्यक्ष पदको लागी जिम्मेवारी दिइएको नेपाल बिध्यार्थी संघका केन्द्रीय कार्य समितिका अध्यक्ष दुजाङ शेर्पा ले जानकारी दिए ।
बिध्यार्थी माझ लोकपृय रहेका लामीछानेले पाएको जिम्मेवारी विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउन आफु हर समय त्तपर रहने लामिछानेले बताए ।नेपाल बिध्यार्थी संघ रौतहटको अध्यक्षमा अधिकार लामिछानेले जिम्मेवारी पाएको मा बिध्यार्थी, कांगे्रस नेता र शुभेक्षुकहरुको बधाई र सफल कार्यकालको लागीे शुभकामनाको ओहिरो लागेको छ ।